
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड ९६ लाख ६५ हजार ९२८ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ८ लाख ३६ हजार ३०६ जनामा कोरोना संक्रमण भएको छ ।
यस्तै, गत २४ घण्टामा थप १३ हजार ८३९ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या २९ लाख ९८ हजार ८४३ पुगेको छ ।
हाल विश्वभर ११ करोड ८७ लाख ५२ हजार ५०८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ६ लाख ८ हजार ३४८ जना निको भएका हुन् ।
विश्वभर १ करोड ७९ लाख १४ हजार ५७७ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ६ हजार ८६४ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २२ लाख २४ हजार १३९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४७ लाख ७० हजार ९८० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७८ हजार ९९३ पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ७४ हजार १६६ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ७५९ गम्भिर बिरामी रहेका छन् ।
