चट्याङ्ग लागेर ४ जनाको मृत्यु

Share:

पोखरा । चट्याङ्ग लागेर स्याङ्जा, बाग्लुङ, तेह्रथुम र भोजपुरमा गरि ४ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका परेको चट्याङ्ग लागेर स्याङ्जाको फेदीखोला गाउँपालिका–५ मा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको पनि मृत्यु भएको छ ।

उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो । प्रहरीका अनुसार गोठमा भैँसीको दूध दुहुँदै गर्दा उनलाई चट्याङ्ग लागेको थियो ।

त्यस्तै, तेह्रथुम, छथर गाउँपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोहीता मगरको पनि मृत्यु भएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएकी मगरलाई उपचारका लागि अस्पताल लाने तयारी हुँदै गर्दा राती ११ बजेतिर घरमै मृत्यु भएको हो ।

यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर मृत्यु भएको छ ।

उनलाई पनि घरमै बसिरहेका बेला चट्याङ्ग लागेको थियो । चट्याङबाट टाउकोमा चोट लागेर बेहोस भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा लगिएकोमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: