शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभरी बन्द गर्न सिफारिस

Share:

काठमाडौँ । कोरोना (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभरी बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय बैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ग्रामीण एवं अन्य क्षेत्रको हकमा भने प्रदेश र स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको हो ।

यस्तै स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने पनि सिफारिस सीसीएमसीले गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: