
पोखरा । छिमेकी देश भारतमा एकैदिन २ लाख ७५ हजार ३०६ कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।
पछिल्लो दिनमा दैनिक रुपमा संक्रमित बढ्दै गएको भारतमा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।
हाल भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप १ हजार ६२५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ७८ हजार ७९३ पुगेको छ ।
हालसम्म भारतमा १ करोड २९ लाख ४८ हजार ८४८ जना निको भएका छन् । गत २४ घण्टामा पनि १ लाख ४३ हजार ७५४ जना निको भएका छन् ।
हाल भारतमा १९ लाख ३० हजार १२६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।
