विश्वभर १४ करोड २६ लाख बढीमा कोरोना पुष्टि, अमेरिकामा मात्रै ३ करोड २४ लाख संक्रमित

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १४ करोड २६ लाख ९२ हजार ९५ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ६ लाख ५७ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा थप ९ हजार ८१३ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३० लाख ४२ हजार ८६३ पुगेको छ ।

हाल विश्वभर १२ करोड १४ लाख ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ६ लाख ८८ हजार ६१८ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८२ लाख ४३ हजार ४६५ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ८ हजार १७५ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २४ लाख ७५ हजार ४३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५० लाख ४३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ५४२ पुगेको छ ।

हाल अमेरिकामा ६८ लाख ५० हजार ३८ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ८१७ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: