नेपालमा एकै दिन २ हजार ३५१ जनामा कोरोना संक्रमण

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७६ हजार ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप २८७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ११२ पुगेको छ।

हाल नेपालमा १० हजार ५८२ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८६ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ९ हजार ६४७ परिक्षण भएको छ भने हालसम्म २३ लाख ६९ हजार ४०१ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: