
पोखरा । देशका धेरै स्थानमा आज आइतबारको मौसम आँशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहकोले मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बादली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ। प्रदेश नं १ का एक/दुई स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ।
यस्तै, राति देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
यसैबीच, प्रदेश नं १ का एक/दुई स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको सम्भावना रहेकाले साँझपख सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्
