मिस प्लस टु गण्डकी बनिन् सुनीता

Share:

पोखरा, ६ फागुन । १५ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै प¥स्याङकी सुनीता पुनमगरले मिस प्लस टु गण्डकीको ताज चुमेकी छन् । फागुन ५ गते शिवरात्रीको दिन पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा ताज उचालेसँगै सुनीताले नगद ३५ हजार रुपैँया समेत प्राप्त गरिन् । उनले मोस्ट ट्यालेन्टेड र भियूवर्स च्वाइस् अर्वाड समेत आफ्नो पोल्टामा पारिन् ।

फच्र्यून इभेन्टसको आयोजनामा भएको मिस प्लस टू गण्डकी भएको हो । प्रतियोगितामा २१ बर्षीया सुम्निमा लिम्बुले फस्ट रनरअप बनिन् । उनले उपाधीसहित २५ हजार रुपैयाँ र मोस्ट कन्फिडेन्ट अर्वाड हात पारिन् । त्यस्तै २० बर्षिया कोमल गुरुङले सेकेन्ड रनरअपको उपाधी सहित १५ हजार रुपैयाँ र बेस्ट फिगरको टाइटल हात पारिन् ।

प्रतिस्पर्धीमध्ये मोस्ट डिसिप्लिन निर्मला गुरुङ, मोस्ट चार्मिङ्ग सोफिया गुरुङ, मोस्ट पङ्च्युअल सजिता गुरुङ, मोस्ट पर्सनालिटी मिस्सी ठकुरी, मोस्ट फ्रेन्डली सुनसरी पुनमगर, बेस्ट पर्रफमेन्स बिना गुरुङ, मोस्ट पपुलर श्रृष्टी गुरुङले जितिन् । त्यस्तै बेस्ट वाक ममता शाक्य, बेस्ट हेयर स्वस्तीका गौतम, बेस्ट फोटो जेनिक तृशा सापकोटा, बेस्ट स्माइल सुजीता साई श्रेष्ठ, बेस्ट ड्रेस र बेस्ट स्कीन अनुशा घीमिरेले हात पारिन् ।

प्रतियोगिता निकै सफल भएको आयोजक फच्र्यून इभेन्टसका प्रबन्ध निर्देशक बिकेश रोहनशन प्रजुले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: