नेपाल महिला संघ पोखरा नगर सभापती माया बराललाई कोरोना पुष्टि

Share:

पोखरा । नेपाल महिला संघ पोखरा नगर सभापती माया बराललाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

केहि समयदेखि रुघाखोकी र कम्मर दुख्ने लगायतका समस्या देखा परेपछि स्वास्थ्य जाँच गर्दा आईतबार कोरोना पोेजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ । बराललाई पोजेटिभ देखिए पनि उनको परिवारका सबै सदस्यहरुको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

राजनैतिक एवं सामाजिक क्षेत्रमा क्रियाशिल बराल कोरोना पोेजेटिभ देखिएसँगै स्वास्थ्य सूरक्षाको मापदण्ड अपनाई डाक्टरको निगरानीमा आफ्नै निवासमा आराम गरिरहेकी छन् ।

बरालले कोरोना संक्रमण बढिरहेको यस बिषम परिस्थीतीमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई दिदीबहिनी एवं महिला संघ परिवारलाई सूरक्षित रहन बिनम्रता पूर्वक आग्रह गर्दै आफुसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेतना अपनाउन अनुरोध गरेकी छन् ।

घाँटी दुख्ने, कम्मर दुख्ने, लामो समय सम्म रुघाखोकी लाग्ने, थकान महशुस हुने लगायतका समस्या आफूलाई देखिएको र यस्ता लक्षण देखिएमा सबैले ख्याल राख्नुपर्नै उनको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: