विष्णुलाई नै दैवले ठगेपछि, डेढ लाख नहुँदा उपचारमा समस्या

Share:

रञ्जन अधिकारी पोखरा, फागुन /भर्खरै २० वर्षमा दौडदैँछन् चितवन भरपुर १३ आनन्दपुरका विष्णुप्रसाद अधिकारी । चार वर्ष हुँदा बुबा बिते, ५ कक्षा पढ्दै गर्दा प्यारालाईसिसले दाहिने हात र गोडा नचल्ने भयो । अरुकै सहायताले उपचार भएपनि अझै तन्दुरुस्त हुन नसकिरहेका बेला पछिल्लो समय मुटु सम्बन्धी रोगले समेत विष्णुलाई नै देख्यो । आफ्नो नाममा केहि सम्पति नभएपछि मामाघरको एउटा कटेरोमा बस्दै आएको छ विष्णुको परिवार ।

बुढेशकालको सहारा एउटै छोरो विष्णु, त्यही सहारा पनि मुटु रोगले थलिए पछि बुढी आमा दिलकुमारी छोराकै पीरले थलिईसकिन् । श्रीमान्को निधन पश्चात् अभावै अभावका बीच माईतीको शरणमा परेर चार छोरीहरु लक्ष्मी, सुमित्रा, गौरी र सरस्वती र अशक्त छोरा विष्णु हुर्काएकी दिलकुमारीलाई अर्को बज्रपात आईलाग्यो । त्यही, अशक्त छोरो मुटुरोगबाट थलिए ।

विष्णुका उमेरका धेरै युवाहरुलाई जागिर खानुपर्ने चिन्ता छैन, बाबुआमाको कमाईमा बाईक फेरिफेरि हिँड्न सक्छन्, कलेजको फुर्सदिलो समय फेसबुक ट्विटरमा रमेर समय बिताउन सक्छन् तर उनलाई आमा पाल्नुपर्ने दायित्व मात्रै छैन, तीन दिदीमध्ये लक्ष्मी र गौरीको बिहे भएपनि अझै एउटी दिदी सुमित्रा र बहिनी सरस्वती समेतको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता छ उनलाई ।

10906207_427773490704179_3567541037246345947_n

विष्णुको सपना ठूलो पनि छैन । हात गोडा लुलै भएपनि मंगलपुर स्थित विश्वप्रकाश उच्च माविबाट ६२.२५ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरे । साईन्स पढ्ने ईच्छालाई गरीबिले मा¥यो । व्यवस्थापन विषयमै उनले १२ कक्षा उत्तीर्ण गरे । घरपरिवारको समस्या टार्न पढाई छाडेर जागिर सुरु गरे तर मुटु रोगले समात्यो । अहिले उनी मात्र डेढ लाख रुपैंया नभएर मुटुको शल्यक्रिया गर्न सकिरहेका छैनन् ।

“भरतपुरको अस्पतालमा उपचार गर्दा मुटुको रोग देखिएपछि काठमाण्डौं गएँ, पहिले त साढे ६ लाख लाग्छ भन्यो । त्यत्रो रकम कसरी जम्मा गर्ने ? सम्पतिको नाममा न घर छ, न त जग्गा ।” उनले आफ्नो पीडा पोखे – “पछि गंगालाल हृदयरोग केन्द्रमा खर्चले धान्न नसक्ने गरेर शिक्षण अस्पतालमा डेढ लाखमै हुने भयो तर यही पैसा संकलन समेत गर्न सकेको छैन ।”

“सबैले सहयोग गरिदिनुभएमा मेरो ज्यान जोगिने थियो । आफ्नो ज्यानका चिन्ता भन्दा पनि यदि म मरे भने मेरी बुढी आमा मर्छिन् । मलाई यही पीर लाग्छ ।” विष्णुले रुँदै भने– “बाबा नभएपछि पाँच छोराछोरी निमेक गरेरै हुर्काएकी मेरी आमालाई सुख दिनुपर्ने बेला अझै रोएरै राख्नुपर्ने बाध्यता छ । सबेलै सय पाँच सय जति सक्दो सहयोग गरेर डेढ लाख संकलन गरिदिनुभए ठूलो धर्म लाग्थ्यो ।”

गत सातामात्रै काठमाण्डौं गएर शल्यक्रियाको समय मिलाएर आएका विष्णु भन्छन् ः “अस्पतालले फागुन १० गते डेढ लाख र छ सात जना बी पोजिटिभ रगत भएको व्यक्ति ल्याउनु भनेका छन् । जति ढिला हुन्छ उति जोखिम हुन्छ भन्नुभएको छ डाक्टरले ।”

विष्णुलाई सहयोग गर्न चाहने सहयोगी मनहरुले माछापुच्छ«े बैंकको खाता नं. ३६४०५२४३००२०१०१८ मा रकम जम्मा गर्न सक्नेछन् भने विष्णुप्रसाद अधिकारी, भरतपुर १३ आनन्दपुर चितवन नेपालको ठेगानामा विदेशबाट रकम पठाउन सक्नेछन् । यस्तै उनलाई मोबाईल नं. ९८०५१८४५३५ मा समेत सम्पर्क गर्न सकिने छ ।

यसैबीच, पछिल्लो समय विष्णुलाई सामाजिक सञ्जाल मार्फत पनि युवा साथीहरुले सहयोग गरेका छन् । फेसबुकमा मेन्स रुम रिलोडेड ग्रुपमा उनको सहयोगको याचनापछि सहयोगी भावनाले ओतप्रोत भएका मुकेश पोखरेलले पाँच हजार दुई सय ५२, ऋषि सापकोटाले पाँच हजार, सुदिनले पाँच हजार, शेखर खड्काले दुई हजार दुई सय, सन्तोष कुमार राईले दुई हजार र जनकले आठ सय रुपैंया सहयोग गरेका छन् ।

मेन्स रुम रिलोडेड ग्रुपबाट मात्रै हालसम्म २० हजार ५२ रुपैंया संकलन भईसकेको छ । ग्रुपमा थुपै्र सहयोगी मन भएका आफ्ना उमेरका युवा साथीहरु देश विदेशमा रहेकाले सहयोग आउने र आफ्नो ज्यान बच्नेमा विष्णु आशावादी छन् । “मात्रै डेढ लाख नभएर ज्यान जाने अवस्था त आउँदैन होला नि । साथीहरुले खाजा खर्च मात्रै कटाएर सहयोग गरिदिनुभए पनि यो दुःखी परिवारको आर्शिवाद लाग्छ साथीहरुलाई ।” विष्णु भन्छन् ः “भगवान त्यति धेरै निष्ठुरी पनि छैनन् होला । आशा छ सबैको माया र साथले म चाँडै निको हुनेछु ।”

कमेन्ट गर्नुहोस्
Share: