भारतमा थप ३ लाख १९ हजार बढीमा कोरोना पुष्टि, २ हजार ७६४ को मृत्यु

Share:

पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप ३ लाख १९ हजार ४३५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७६ लाख २५ हजार ७३५ पुगेको छ ।

यस्तै, भारतमा गत २४ घण्टामा थप २ हजार ७६४ संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ९७ हजार ८८० पुगेको छ ।

हालसम्म भारतमा १ करोड ४५ लाख ४५ हजार ३४२ जना निको भएका छन् । गत २४ घण्टामा पनि २ लाख ४८ हजार ७०२ जना निको भएका छन् ।

हाल भारतमा २८ लाख ८२ हजार ५१३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: