
पोखरा । गण्डकी प्रदेशमा आज बुधबार थप २ जना कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेहरुमा बाग्लुङकी १ जना महिला र गोरखाका १ जना पुरुष रहेका छन् ।
बाग्लुङको बाग्लुङ नगरपालिका– ११ की ६१ वर्षीया कोरोना संक्रमित महिलाको बैशाख १३ गते सोमबार राति १२ः१५ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा बैशाख १० गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, गोरखाको गोरखा नगरपालिका– १४ का ५५ वर्षीय संक्रमित पुरुषको हिजो मंगलबार भरतपुर अस्पताल चितवनमा उपचारकै क्रममा मृत्यु भएको हो । ती पुरुषमा बैशाख ८ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१९ पुगेको छ ।

