देशभर थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ८१ हजार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ९२८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३३ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ।

हाल नेपालमा ३८ हजार ८१३ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५५ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १५ हजार ९१६ परिक्षण भएको छ भने हालसम्म २४ लाख ७३ हजार ९५६ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: