देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

Share:

पोखरा । आज शनिबार देशभर बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित बर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

पहाडी भू–भागका केहि र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

यस्तै, राति प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

यसैबीच, देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: