
पोखरा । देशभर गत २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ८२ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १ हजार २८७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १९ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ।
हाल नेपालमा ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६७ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १४ हजार ९६९ परिक्षण भएको छ भने हालसम्म २४ लाख ८८ हजार ३५९ परिक्षण भएको छ।
