
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १५ करोड २७ लाख ९५ हजार ४०६ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ७ लाख ९५ हजार ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, गत २४ घण्टामा थप १२ हजार ८८२ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३२ लाख ६ हजार ११७ पुगेको छ ।
हाल विश्वभर १३ करोड ७ लाख २६ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ८ लाख ४१ हजार १७३ जना निको भएका हुन् ।
विश्वभर १ करोड ८८ लाख ६२ हजार ६३८ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ९४० गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३१ लाख ४६ हजार ८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५७ लाख ७७ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९० हजार ७०४ पुगेको छ ।
हाल अमेरिकामा ६७ लाख ७७ हजार ३७७ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ५४३ गम्भिर बिरामी रहेका छन् ।
