
पोखरा ७ फागुन । पश्चिमाञ्चल क्षेत्रमा मानबअधिकार उल्लङ्घनको घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक पोखराले बिहिवार सार्बजनिक गरेको सन् २०१४ को मानबअधिकार स्थितिमा पश्चिमाञ्चल बिकास क्षेत्रमा सन् २०१३ को तुलनामा मानबअधिकार उल्लङ्घनको घटनामा कमी आएको छ ।
सन् २०१४ मा पश्चिमाञ्चलका १६ जिल्लामा ७ सय ९९ जना मानबअधिकार उल्लङ्घनको घटनामा पिडित भएको ईन्सेक पोखराका प्रमुख शिब खकुरेलले जानकारी दिए । जस अनुसार राज्य पक्षबाट ७ महिला र ३० पुरुष गरी ३७ जना तथा गैर राज्यपक्षबाट ७ सय १३ महिला र ४९ पुरुष गरी ७ सय ६२ जना पिडित भएका छन् ।
सन् २०१३ मा राज्य पक्षबाट एक सय ४५ र गैरराज्यपक्षबाट ७ सय ८६ गरी कुल ९ सय ३१ जना मानबअधिकार उल्लङ्घनको घटनामा पिडित भएका थिए । यो संख्याकालाई आधार मान्दा सन् २०१३ को तुलनामा सन् २०१४ मा पश्चिमाञ्चलमा एक सय ३२ घटना कम भएका छन् । तर पनि यो क्षेत्रमा मानबअधिकारको अबस्था सन्तोषजनक नरहेको ईन्सेकले जनाएको छ ।
बिगतको तुलनामा मानबअधिकार उल्लङ्घन र ज्याद्दतिका घटनाहरुको स्वरुप परिबर्तन भएको खकुरेलले बताए । सन् २०१४ को समग्र बिश्लेषण गर्दा महिला हिंसाको घटनामा बृद्धि भएको ईन्सेकको प्रतिबेदनले देखाएको छ । सार्बजनिक प्रतिबेदन अनुसार यो अबधिमा पश्चिमाञ्चल क्षेत्रमा ४ सय ९४ जना महिला पिडित भए । सन् २०१३ल मा यो संख्या ३ सय ४४ मात्रै थियो ।
जिल्लागत रुपमा पश्चिमाञ्चलका १६ जिल्ला मध्य कास्कीमा सबैभन्दा बढी मानबअधिकार उल्लङ्घनको घटना भएको छ । कास्कीमा राज्यपक्षबाट ३ जना महिला र १७ पुरुष गरी २० जना तथा गैरराज्य पक्षबाट २ सय १ महिला र १३ पुरुष गरी २ सय १४ जना पिडित भएको ईन्सेकको प्रतिबेदनमा उल्लेख छ । मनाङ र मुस्ताङमा कुनै पनि मानबअधिकार उल्लङ्घनको घटना नभएको ईन्सेकले जनाएको छ ।
ईन्सेकले सन् १९९२ देखि प्रत्येक बर्ष नेपाल मानबअधिकार बर्ष पुस्तकको रुपमा देशभर भएका मानबअधिकार उल्लङ्घनको घटनाबारे जानकारी गराउदै आएको छ । प्रत्येक बर्षको फागुन ७ अर्थात् प्रजातन्त्र दिबसको दिन सार्बजनिक गरिने पुस्तक बिहिवार देशभर एकसाथ सार्बजनिक गरिएको हो । पश्चिमाञ्चल बिकास क्षेत्रको मानबअधिकार स्थिति समेटिएको पुस्तक पुनराबेदन अदालत पोखराका न्यायधिश प्रेमराज कार्कीले सार्बजनिक गरेका हुन् ।
ईन्सेकको तथ्याङ्क अनुसार बिगतको बर्ष भन्दा देशभर मानबअधिकार उल्लङ्घनको घटनामा कमी आएको छ । सन् २०१४ मा देशभर ५ हजार ३ सय ८२ जना मानबअधिकार उल्लङ्घनको घटनामा पिडित भए । सन् २०१३ मा ५ हजार ४ सय ३५ जना पिडित भएका थिए । यो अबधिमा महिला हिंसाका घटनाहरु बढी सार्बजनि भएको ईन्सेकले जनाएको छ ।
कार्यक्रममा उत्कृष्ठ जिल्ला प्रतिनिधिको रुपमा सन बहादुर थापा नगद ७ हजार सहित सम्मानित भए ।

