
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १५ करोड ३४ लाख ८० हजार ५ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख ८० हजार १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, गत २४ घण्टामा थप ९ हजार ९६० जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३२ लाख १६ हजार १४८ पुगेको छ ।
हाल विश्वभर १३ करोड १४ लाख ७६ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ७ लाख ३८ हजार ९८९ जना निको भएका हुन् ।
विश्वभर १ करोड ८७ लाख ८७ हजार ६७० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ११ हजार ७८५ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३१ लाख ८० हजार ४४१ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५८ लाख २३ हजार ८०० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९१ हजार ६२ पुगेको छ ।
हाल अमेरिकामा ६७ लाख ६५ हजार ५७९ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ४६६ गम्भिर बिरामी रहेका छन् ।
