
पोखरा । गण्डकी प्रदेशमा आज सोमबार थप २०३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ९ वटा जिल्लाका २०३ जनामा कोरोना देखिएको हो ।
गत २४ घण्टामा सबैभन्दा धेरै बाग्लुङ जिल्लामा ७१ जना संक्रमित थपिएका छन् ।
यस्तै कास्कीका ४६ जना, नवलपुरका ३९ जना, गोरखाका २१ जना, स्याङ्जाका १४ जना, मनाङका ३ जना, तनहुँ र लमजुङका २÷२ जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ हजार ४२४ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा थप ६३ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १७ हजार ९ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३२ रहेको छ ।
हाल प्रदेशभर २१८३ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २००४ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ७३८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४६ हजार ४१७ नमुना परिक्षण भएको छ ।






