
पोखरा । देशभर गत २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ८६ हजार १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप २ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ३७ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ।
हाल नेपालमा ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा २१२ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १७ हजार १७६ परिक्षण भएको छ भने हालसम्म २५ लाख २१ हजार १६४ परिक्षण भएको छ।
