गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

Share:

पोखरा । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखहरुको पद तथा गोपनीयताको सपथ ग्रहण भएको छ ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीहरुलाई सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । उनीहरुलाई मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छन् ।

गण्डकीको प्रमुख बनेकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष पनि हुन्। यादव दोस्रो संविधान सभाका उपसभामुख हुन्।

कमेन्ट गर्नुहोस्
Share: