मोदीको एक सुट ४ करोड ३१ लाखमा लिलाम

309
0
Share:

काठमाडौं, फाल्गुन ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको एक सुट ४ करोड ३१ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामा भारत भ्रमणमा आएका बेला मोदीले लगाएको आफ्नो नाम लेखिएको नीलो रंगको सुट ४ करोड ३१ लाख भारुमा लिलाम भएको हो ।

सुरतमा शुक्रबार भएको लिलामीको अन्तिम बोलकबोलमा लालजी भाइ पटेलले उक्त मूल्यमा सुट किनेका हुन् । १० लाख भारु मूल्य परेको भनिएको बेलायतमा सिलाइएको उक्त सुट मोदीले गत जनवरीमा ओबामासँग भेटवार्ता गर्दा लगाएका थिए । सुट बेचेर आएको रकम गंगा नदी सफाइमा लगाइने छ ।

तीन दिन गरिएको लिलामीको बोलकबोलमा पैसा हाल्नेहरु हीरा व्यापारीदेखि भारतका धनाढ्य व्यापारीहरु रहेका थिए । सुटको ११ लाखबाट बोलकबोल थालिएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: