राप्रपाका लागि भोट माग्दै मनिषा कोइराला

91
0
Share:

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् ।

उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुनका लागि घर फर्कन लागेको जानकारी ट्वीटरमार्फत् दिएकी छिन् ।

उनले राजेन्द्र लिङ्देनलाई युवा र दूरदर्शी नेताको रुपमा वर्णनसमेत गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘ राष्ट्रवाद र देशको ऐतिहासिक र सांस्कृतिक विरासतको राजेन्द्रको बुझाईले उनलाई देशका अन्य समकालीन राजनीतिज्ञभन्दा माथि राख्छ ।’

कमेन्ट गर्नुहोस्
Share: