साफ यू-१५ : उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

130
0
Share:

काठमाडौं : साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ। 

डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो। ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ। नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो। किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ।

नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन। नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।​ 

नेपाललले बराबरी गरे उपाधि उचाल्छ। यस अघिको खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। यस्तै नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो भने दोस्रोमा १–० ले परजित गरेको थियो। 

कमेन्ट गर्नुहोस्
Share: