१ हजार ३३९ जनाको परीक्षणबाट १० जनामा संक्रमण 

Share:

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा १० जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको १ हजार ३३९ जनाको परीक्षणबाट १० जनामा संक्रमण देखिएको हो। 

आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ५४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: