सभासदद्वय गुरुङ र जंगलीद्वारा निर्वाचन क्षेत्र विकास कार्यक्रम सार्वजनिक

Share:

रञ्जन अधिकारी पोखरा, ९ फागुन । नेकपा एमाले समानुपातिकतर्फका सभासदहरु तुलबहादुर गुरुङ र चुडामणि बि.क. जंगलीले निर्वाचन क्षेत्र विकास कार्यक्रम सार्वजनिक गरेका छन् । पोखरामा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सभासद्द्वयले कास्कीका चारवटै क्षेत्रमा विभिन्न योजनामा बजेट विनियोजन गरेका छन् ।

सभासद गुरुङ अस्वस्थ भएर कार्यक्रममा उपस्थित हुन भने सकेनन् । एमाले पोलिटब्युरो बैकल्पिक सदस्य समेत रहेका गुरुङले बान्ने रुख खानेपानी योजना हंसपुरलाई १ लाख रुपैयाँ, भन्ज्याङ पौराखे मोटरबाटो निर्माण लेखनाथ १३ लाई १ लाख रुपैयाँ बिनियोजन गरेका छन् । त्यस्तै, विश्व शान्ति उच्च मावि. छात्रा शौचालय निर्माणका लागि १ लाख, कयरे ढोडेनी गोरेटो बाटो निर्माण भाचोककलाई ७५ हजार, मुस्लिम आराधनास्थल कम्पाउण्ड निर्माण पोखरा १३ लाई १ लाख, आर्वा विजय मावि आर्बालाई कम्पाउण्ड निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका छन् ।

साथै जुकेपानी रिठेपानी खानेपानी लेखनाथ १७ लाई १ लाख ६० हजार, जनचेतना उच्च मावि पोखरा २३ लाई भवन निर्माणका लागि १ लाख ४० हजार, कृष्ति स्याङ्जा टक्सार बाटो निर्माण पोखरा २४ लाई १ लाख ५० हजार, नेपाल रेडक्रस सोसाइटी पोखरा–१७को भवन निर्माणका लागि १ लाख ५० हजार, वोनमार्गि तमु प्हे ल्हु संघ सार्दिखोलाको भवन निर्माणका लागि १ लाख र उल्लेरी थाप्लेहिल जाने गोरेटोबाटो निर्माणका लागि १ लाख २५ हजार रुपैयाँ सभासद गुरुङले विनियोजन गरेका छन् । सभासद गुरुङ बिरामी भएर उपचाररत रहेकाले उनका प्रतिनिधि पूर्ण लामाले कार्यक्रम सार्वजनिक गरेका हुन् ।

त्यसैगरी केन्द्रिय सदस्य समेत रहेका सभासद जंगलीले नेपाल टे«ड युनियन महासंघ कोठा निर्माणका लागि २ लाख, कुवापानी खानेपानीका लागि १ लाख ५० हजार, सामुदायिक भवन निर्माणका लागि १ लाख, जनकल्याण उच्च मावि छाना निर्माणका लागि १ लाख रुपैयाँ विनियोजन गरेका छन् । जंगलीले शान्तिटोल तटबन्धका लागि १ लाख, भृकुटीटोल बाटो निर्माण गर्न १ लाख ५० हजार, कुँडहरचोक बाटो निर्माणका लागि १ लाख ७० हजार, नमुना टोल नाला निर्माणका लागि ८० हजार रुपैयाँ छुट्याएको बताए । साथै ठुलिपोखरी संरक्षण पोखरा लामाचौरलाई १ लाख, भलाम¥यालेचौर खानेपानीका लागि १ लाख ५० हजार, ग्रामीण सडक लामाचौरलाई १ लाख र मुलथोक टोल विकास पर्खाल निर्माणका लागि .५० हजार रुपैयाँ विनियोजन गरेको जंगलीले जानकारी दिए । दुवै सभासदले प्रशासनिक खर्च ५०÷५० हजार रुपैयाँ विनियोजन गरेका छन् ।

यसैबीच,सभासदद्वय गुरुङ र जंगलीले पत्रकार महासंघ कास्की शाखालाई एकमुष्ट १ लाख २ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । दुवै सभासदले जनही ५१ हजार रुपैयाँ सहयोग गर्ने शनिबार घोषणा गरे । निर्वाचन क्षेत्र विकास कार्यक्रम सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा दुवै सभासद्को तर्फबाट जंगलीले उक्त रकम सहयोगको घोषणा गरेका हुन् । सभासद गुरुङ अस्वस्थ भएर कार्यक्रममा उपस्थित हुन नसकेकाले दुवैको तर्फबाट जंगलीले रकम घोषणा गरे । महासंघको बहुउद्देश्यीय भवन निर्माणाधीन छ । महासंघको भवन निर्माणका लागि सहयोग संकलन हुने क्रम जारी रहेको अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: