‘ओलीले नाकाबन्दीका बेला डटेर सामना गरे’ 

92
0
Share:

काठमाडौं :  राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीलाई नाकाबन्दीको बेला डटेर लड्ने व्यक्तिका रुपमा चित्रण गरेका छन् ।

थापाले विदेशीले कब्जा गरेको लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा पनि ओलीले बनाएको बताएका हुन् । सामाजिक संजाल टुइटरमा उनले अबको सरकार ओलीको हुंदा देश हित हुनेसमेत लेखेका छन् ।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने @kpsharmaoli र विदेशीको प्रेरणामा बनेको गठवन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ’, थापाले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: