
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पठाइएको अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्ष प्रक्षेपण प्रणाली सफलतापूर्वक प्रक्षेपण गरेको छ।
नासाका लागि यो ऐतिहासिक क्षण रहेको बताइएको छ। यो रकेटमा कुनै पनि अन्तरिक्ष यात्री सवार छैनन्। यदि यो मिसन सफल भयो भने भविष्यमा अन्तरिक्ष यात्रीहरू यो रकेटमार्फत मिसनमा जान सक्नेछन्। यो मिसन सफल भए सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछन्।
कमेन्ट गर्नुहोस्
