ट्युसन पढ्न गएका किशोरीमाथि एसिड हानियो

358
0
Share:

फाल्गुन १० काठमाडौं : ट्यूसन पढ्न गएका दुई किशोरीमाथि काठमाडौंको बसन्तपुरमा आइतबार बिहान एसिड हानिएको छ । बसन्पतपुरको झोंछेस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका दुई किशोरीमाथि एक युवाले एसिड हानेका हुन् ।

एसिड हानिएपछि एसएलसीको ट्यूसन पढ्न गएका रामेछापको खनियापानी गाविस–८ की १६ वर्षीय संगीता मगर र रौतहटकी १५ वर्षीय सीमा बस्नेत गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान सबा ६ बजे मास्क लगाएर आएका एक युवाले दुबैमाथि एसिड हानेका महानगरीय प्रहरी बृत्त जनसेवाका डिएस्पी बेद विष्टले जानकारी दिए ।

एसिडले लागेर संगीताको छाती र खुट्टा डढेको छ । उनको हाल बीर अस्पतालमा उपचार भइरहेको डिएसपी विष्टले जानकारी दिए । अर्की घाइते सीमाको अनुहार र छातिभन्दा तल एसिडले डढेको छ । उनको हाल काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: