सुनसरी ४ मा मतगणना स्थगित

141
0
Share:

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले धाँधली भएको आरोप लगाएपछि त्यहाँको मतगणना स्थगित भएको छ।

शुक्रबार राति निर्वाचन कार्यालयले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतको पक्षमा हुँदै नभएको मत इन्ट्री गरिदिएको आरोपमा मतगणना स्थगित गरिएको हो।


घटना गएराति भएको भनिए पनि कार्कीले आज धाँधली भएको आरोप लगाएपछि गणना रोकिएको हो। अहिले निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको छ।

कमेन्ट गर्नुहोस्
Share: