लोकमानले सरकारी कार्यालयबाटै अन्माए छोरी

485
0
Share:

काठमाडौ, १४ फागुन / अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहिबार आफ्नी छोरीको विवाह अख्तियारको कार्यालयमा नै गरेका छन् । सरकारी सेवा दिने स्थान विवाह गर्ने थलोमा परिणत हुँदा अख्तियारका सेवा समेत प्रभावित भएका थिए ।

सरकारी कार्यालयलाई विवाह घर बनाएर लोकमान सिंह कार्कीले आफ्नी छोरी डा। अध्या कार्कीको विवाह पूर्वराजपरिवारनिकट व्यापारी रोहिणी थपलियाका छोरा शुभाषिस थपलियासँग गराएका छन् । लोकमान सिंहको घर पुरानो बानेश्वरमा भएपनि उनले सरकारी भवनको दुरूपयोग गर्दै छोरीको विवाह कार्यालयमा नै गराएपछि कर्मचारीहरू समेत आश्चर्यचकित भएका थिए ।

उनको छोरीको विवाह भइरहँदा सरकारी कामकाज मात्र नभई भाटभटेनीतर्फ आवतजावत गर्ने सवारी साधनलाई समेत असर गरेको थियो ।

यस्तै, सरकारी भवनमा निर्वाध रूपमा प्रवेश गर्न पाउनुपर्ने पत्रकारहरूलाई समेत अख्तियार कार्यालयमा प्रवेश गर्न रोक लगाइएको थियो भने कर्मचारीहरू नै मुल गेटबाट कार्यालय छिर्न पाएका थिएनन् । मुल गेटबाट विवाहमा आउने जन्ति तथा आफन्तका लागि छुट्टाइएकाले कर्मचारीहरुले कार्यालय प्रवेश गर्न अन्य बाटो प्रयोग गर्नुपरेको थियो ।

OnsNews.com

कमेन्ट गर्नुहोस्
Share: