
दिननाथ बराल, पोखरा १५, फागुन / पोखरामा आज (सुक्रबार) देखि प्याराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कप सुरु भएको छ । प्रतियोगितामा सहभागि प्याराग्लाईडीङका पाईलटहरुले सुक्रबार देखि पोखरा क्षेत्रको आकासमा उडान गरेका छन ।
नेपाल हवाई खेलकुद संस्था (ना) पोखराको आयोजनामा पोखरामा एक साता संचालन हुने प्रि–वल्र्ड कप प्रतियोगिता अन्र्तगत पहिलो दिन शुक्रवार भने उनीहरुको अभ्यास खेलको रुपमा प्रतियोगिता संचालन भएको प्रि—वल्र्डकपका संयोजक एवं नाका उपाध्यक्ष सोवित बानियाँले बताए । उनका अनुसार सहभागि प्रतियोगिहरुलाई कोर्ड नम्बरमा ग्लोवल पोजिसन सिस्टम (जिपिएस) सेट गरीएको छ । सुक्रबार सवै जसो उडानहरु सफल भएको नाले जनाएको छ । उक्त खेलको अनौपचारीक रुपमा उद्घाटन भएको छ ।
शुक्रवारको मौसम हेरी प्राविधिक टोलीले सराङकोट, अर्मला, ढिकीडाँडा र तोरीपानीको क्षेत्रलाई लक्षित गरी ६२.८ किलोमिटर दुरी क्रस कन्ट्रीको आधारमा निर्धारण गरेको नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले बताए । सुक्रबार विभिन्न राष्ट्रबाट सहभागि भएका प्रतियोगिहरुको लागि अभ्यास गराउने उद्धेश्यले उक्त खेल संचालन भएको गुरुङले बताए । सुक्रबारको खेलको कुनै नम्बर ¥याङकीङ नहुने समेत उनले जनाए । गुरुङका अनुसार शनिबार देखि उनीहरुको प्रतियोगिताको नम्बर मान्यता हुने छ । प्याराग्लाईडीङ प्रि–वल्र्ड कप हेर्न सराङकोट देखि फेवाताल छेउको क्षेत्रमा दर्शकहरुको बाक्लो सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल सहित ३६ राष्ट्रका एक सय ५० प्याराग्लाईडीङका पाईलटहरु सहभागि हुदै गरेको बानियाँले बताए । फागुन २१ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा एक सय ७० राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको ¥याङकिङ को आधारमा छनौट गरीएको वानियाले जनाए । प्रतियोगितामा ३० जना नेपालीको लागि कोटा छुट्याए पनि सुक्रबार १२ जनाले मात्र सहभागिता जनाएको उनले बताए । ३० जना जसो महिला पाईलटहरुको समेत सहभागिता रहने अपेक्षा गरे पनि हालसम्म १८ जना विदेशी महिला सहभागि भएको नाका अध्यक्ष योगेश भट्टराईले बताए ।
प्रि–वल्र्ड कपको बिजेताले उपाधि सहित ५० हजार, उपविजेताले ४० हजार र तेश्रो हुनेले ३० हजार साथमा ट्रफिमेडल प्रमाण–पत्र प्राप्त गर्ने भएको छ । त्यसै गरी ओभरल वुमेन, ओभरल नेपाली र स्पोटर्स क्लासका विधामा बिजेता हुनेले ३० हजार, उपविजेता हुनेले २० हजार र तेश्रो स्थान हासिल गर्नेले भने १०÷१० हजारको साथमा ट्रफि मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएका छन । नाको आयोजनामा यस अघि प्रि–वल्र्ड कपको मान्यता प्राप्त गर्न फेडेरेशन एरोनोटीक इन्टननेशनल (एफएआई) को क्राईटेरिया–२ कम्पिटिसिन भएकोले यस बर्ष पोखरामा प्रि– वल्र्ड कप को मान्यता पाएकोे नाका महासचिव एवं प्रतियोगितका प्रचार संयोजक बसन्तराज दवाडीले बताए । नेपालमा लगातार दुई वटा अन्तराष्ट्रिय स्तरको उक्त प्रतियोगिता आयोजना गरी सकेकोले सन २०१५ फेब्रुअरी महिनाको २७ तारिख देखि मार्च ५ तारिखसम्म प्रि–वल्र्ड कप हुने भएको दवाडीले जनाए । उक्त प्रतियोगिताले नेपालको साहासिक खेलको विकाससंगै पोखराको पर्यटन प्रबद्र्धन गर्न थप टेवा पुग्ने दवाडीले जनाए । उनका अनुसार एक जना पाईलटले भने अर्मलामा ल्याण्ड गरेका छन । उनी सफता पुर्वक ल्याण्ड गरेको दवाडीले जनाए ।
प्रि–वल्र्ड कप पोखरामा सफलता पुर्वक सम्पन्न गराउन सफल भएको खण्डमा नेपालले वल्र्ड कप नै आयोजना गर्न बाटो खुन्ने प्रतियोगिताका संयोजक वानियाले बताए । यसमा भने नेपाल सरकारले पहल गर्नुपर्दछ । नाको आयोजनामा पोखरामा १५ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता समेत आयोजना भईसकेको वानियाले जनाए । पाईलटहरुले सराङकोटको १४ सय मिटरको उचाईबाट उडान भरी तोकिएको निर्धारित पोखरा क्षेत्रको आकासमा पुगि क्रसकन्ट्री गरी फेवाताल नजिकको चाट वटा ठाँउमा अवतरण गर्ने भएका हुन । ब्लु स्काई ल्याण्डीङ, प्यारानोभा ल्याण्डीङ, ईन अफ लेक र सनराई ल्याण्डीङमा जुन स्थाना तियोगिले ल्याण्ड गर्न सहज हुन्छ सोहि क्षेत्रबाट अवतरण गर्न सक्ने भएको संयोजक वानियाले जनाए । उक्त प्रि–वल्र्ड कपको लागि वल्र्डकप कमिटिबाट प्राविधिकले स्थलगत अवलोकन समेत गर्ने भएको आयोजकले जनाएको छ । फागुन १५ गते देखि एक सातासम्म व्यावसायीक रुपमा पोखरामा प्याराग्लाईडीङको खेल व्यावसायीक उडान नहुने नाले जनाएको छ ।
