पोल्ट्री महासंघबाट अन्डा उत्पादक संघ अलग्गियो

Share:

चितवन, फाल्गुन १६ । नेपाल पोल्ट्री महासंघले साना व्यवसायी धरासायी हुने खालका क्रियाकलाप सन्चालन गरेको भन्दै नेपाल अन्डा उत्पादक संघ महासंघबाट अलग्गिएको घोषणा गरेको छ ।

संघले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी महासंघ अध्यक्षले आफ्नो उद्योगबाट उत्पादित अन्डा संघले तोकेको बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गरेको भन्दै महासंघबाटै अलग्गिने घोषणा गरेको हो ।

अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले महासंघका अध्यक्षको क्रियाकलापले साना व्यवसायी धरासायी हुने भन्दै महासंघबाट अलग्गिएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: