३० दलीय मोर्चाले शक्ति प्रदर्शन गर्दै सहमतिका लागि सत्तारुढ दललाई एक साताको समय

315
0
Share:

१६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले राजधानीमा शक्ति प्रदर्शन गर्दै संविधानमा सहमतिका लागि सत्तारुढ दललाई एक साताको समय दिएका छन् । तर, यथास्थितिमा औपचारिक वार्तामा नबस्ने विपक्षी नेताहरुले बताएका छन् । माओवादी, मधेसवादी र साना जनजाति पार्टीहरुले आफ्नो शक्ति प्रदर्शन गर्दै शनिबार खुलामञ्चमा सभा गरे । सभामा ३० दलीय मोर्चाका संयोजकसहितका नेताहरुले अब अर्को चरणको आन्दोलन घोषणा भएपछि कांग्रेस र एमालेसँग सम्झौताका लागि अहिलेकै ठाउँ नरहने चेतावनी दिए ।

दाहालले बहुमतीय प्रक्रियाबाट संविधान बनाउने गल्ती नसच्चिए सम्झौताविहीन आन्दोलन गर्ने चेतावनी दिएका छन् । वार्तामा बस्नका लागि प्रक्रिया स्थगनको घोषणा हुनुपर्ने प्रचण्डले स्पष्ट पारेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले भने(‘यदि तपाईहरु ९कांग्रेस(एमाले० ले तुरुन्तै गल्ती सच्याउनुभएन भने धेरै ढीलो भइसक्छ, जनताले पूरै सत्ता आफ्नो हातमा लिनुपर्ने थिति आउँछ ।’ बल कांग्रेस र एमालेको कोर्टमा भएको प्रचण्डले बताए । उनले भने(‘होली आउँदैछ, त्यतिञ्जेलसम्म हामी कुर्छौं, त्यसपछि पनि सहमतिमा आएनन् भने अबका कार्यक्रममा खुलामञ्चमा हुुनेछैन, जिल्ला(जिल्लामा आफ्नो अधिकार प्रयोग गर्ने छ । जिल्ला जिल्लामा कब्जा गर्ने छन् ।’

उनले वार्ता र सहमति वा द्वन्द्व चाहने फैसला गर्न कांग्रेस र एमालेलाई आग्रह गरे । सरसल्लाह सभालाई नसुन्दा शनिबारको खबरदारीसम्म आउनुपरेको भन्दै प्रचण्डले अब पनि सुनुवाइ नभए यस्ता सभाहरु विद्रोहको सभा बन्ने चेतावनी दिए । संविधानसभा क्रान्तिको परिणाम भएको भन्दै उनले क्रान्तिलाई बहुमतले रोक्न खोजिए विस्फोट हुने चेतावनी दिए । एमाओवादी अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई कारवाही गर्न वा राजीनामा दिन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।

खुलामञ्चको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले बारामा भएको बालिका बलात्कार भएको प्रशंग कोट्याउँदै बलात्कार गरेर हत्या गर्नेहरुलाई फाँसी दिनुपर्ने बताए । उनले भने(‘त्यस्ता अपराधीलाई फाँसीमा लट्काएपछि मात्र त्यस्ता अपराध कम हुन्छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले अब मुलुकमा अब एमाले पार्टीको आवश्यकता नरहेको बताए ।

बाघ दुब्लायो भने बिरालो हुँदैन : बाबुराम

कार्यक्रममा एमाओवादी वरिष्ठ नेता डा। बाबुराम भट्टराईले कांग्रेस र एमालेका केही नेताहरुलाई ‘कलर ब्लाइन्ड’ ९रंग नदेख्ने० रोग लागेको टिप्पणी गरे । एमाओवादी अध्यक्ष डा। भट्टराईले शनिबारको सभा ट्रेलरमात्रै भएको बताउँदै अझै पनि सत्तापक्षले आँखा नखोले साँच्चैको फिल्म देखाइदिने बताए । आफ्नो पार्टी दुब्लाए पनि मुसो वा बिरालो नबन्ने डा। भट्टराईले बताए । ‘हात्ती दुब्लायो भने हात्ती नै हुन्छ, मुसो हुँदैन’ डा। भट्टराईले भने, ‘बाघ दुब्लायो भने बिरालो हुँदैन ।’

सहमतिबाट संविधान बन्छ भन्ने आफूहरु वार्तामा आउन तयार रहेको भन्दै भट्टराईले अधिकार प्राप्त नभएसम्म क्रान्तिकारीहरु नझुक्ने डा। भट्टराईले बताए । उनले भने( ‘बाघ बूढो भए पनि घाँस खाँदैन ।’ कांग्रेस र एमालेले संविधानसभा अपरहण गरेको डा। भट्टराईले बताए । काठमाडौंको मध्यम वर्गलाई उधृत गर्दै होला डा भट्टराईले एमाओवादी नेताको टाउकाको मोल तोक्नेहरुले संविधान अपरहरण गरेकाले आन्दोलन गर्नुपरेको प्रष्टीकरण दिए । ‘के तपाई अर्को ५० वर्ष लड्न चाहनुहुन्छ रु’ डा। भट्टराईले रजानीतिक क्रान्ति पुरा नभएकाले आर्थिक क्रान्तिमा लाग्नुपूर्व राजनीतिक क्रान्ति गर्नुपर्ने बताए । सहमतिबाट संविधान बन्छ भन्ने आफूहरु वार्तामा आउन तयार रहेको भन्दै भट्टराईले अधिकार प्राप्त नभएसम्म क्रान्तिकारीहरु नझुक्ने डा। भट्टराईले बताए । उनले भने( ‘बाघ बूढो भए पनि घाँस खाँदैन ।’

विपक्षी ३० दलीय मोर्चाको सभामा मधेस केन्द्रित दलका नेताहरुको जोड पनि आन्दोलनमै रहृयो । मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारको भाषा नरम रहे पनि बाँकी चर्कैरुपमा प्रस्तुत भए । मधेसी दलका नेताहरुले विगतमा भएका सम्झौताहरु कार्यान्वयन वातावरण नबनेसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

सहमति कांग्रेस र एमालेले तोडेका हुन् : गच्छदार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सत्ता पक्षले नसुने ठूलो आन्दोलन हुने चेतावनी दिए । ‘तपाईहरुले सहमति तोड्नुभएको छ, वार्तालाई अगाडि बढाउनुस्’ खुलामञ्चको सभालाई सम्बोधन गर्दै गच्छदारले(‘सहमति हामीले तोडेका होइनौं, कांग्रेस एमालेले तोडेको हो, कांग्रेस एमालेले नै जोड्नुपर्छ ।’ उनले अघि भने( ‘अहिले पनि समय छ, सोच्नुस्, हामी वार्ताबाट भाग्दैनौं, तपाईहरु त्यो सुन्न चाहनुहुन्न भने देशमा अब ठूलो आन्दोलन हुन्छ, निर्णायक आन्दोलन हुन्छ ।’

गच्छदारले आजको सभाबाट कांग्रेस(एमालेले आँखामा लगाएको पट्ट िउघार्न सुझाव दिएका छन् । उनले माओवादी, मधेस, थारु, आदिवासी आन्दोलनलाई उपेक्षा नगर्न आग्रह गर्दै उनले विगतमा भएका सहमति सम्झौताका आधारमा विधानसभामा आउन कांग्रेस एमालेलाई आग्रह गरे ।

जनतासँग खेलवाड नगर्नुहोस् । बेलैमा सचेत हुनुहोस् । आजको उपस्थितिबाट आफ्नो आँखाको पट्ट िखोल्नुहोस । नभए तपाईहरुले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ, उनले भने(ुअब पनि सचेत हुनु भएन भने ठूलो आन्दोलन हुनेछ ।ु उनले सहमतिको वातावरण कांग्रेस(एमालेले तोडेकाले त्यसलाई जोड्ने काम पनि उनीहरुले नै गर्न पर्ने उनको भनाई थियो ।

उनले आफूलाई सत्तारुढ दलका कतिपय नेताले पटक(पटक १६ गतेको सभा रोक्न आग्रह गरेको सुनाउँदै भने(ुमैले उहाँहरुलाई भनेको थिए परिवर्तन चाहने जनता सानो छैन भनेर त्यस दिन देख्नुहुनेछ ।

जनता विद्रोहका लागि तयार : यादव

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता विद्रोहका लागि तयार रहेको भन्दै उनले खुट्टा नकमाउन आन्दोलनकारी मोर्चाका नेताहरुलाई आग्रह गरे ।

‘वार्ताबाट मधेस प्रदेश बन्छ, लिम्बुवान बन्छ, नेवा प्रदेश बन्छ भने वार्ता गर्नुस्, नत्र काम छैन’ उनले भने(‘मधेसमा विद्रोह हुन्छ र विद्रोहीले काठमाडौं कब्जा गरेर नयाँ संविधान बनाउने छ । त्यो संविधान समावेशी हुनेछ । यो बकम्फुसे वार्ताको काम छैन ।’
वार्ता गर्ने हो भने प्रधानमन्त्री सुशील कोइरालालाई विगतमा भएका सहमति कार्यान्वयन हुन्छ कि हुँदैन भनेर सोध्न नेताहरुलाई आग्रह गरे ।

‘ओली ज्यू, खुलामञ्चका जनता यूपी विहारबाट आएका होइनन्’

तराई मधेस लोकतान्त्रिक पार्टीका बरिठ उपाध्यक्ष हृदयश त्रिपाठीले ३० दलीय मोर्चाको जनसभामा सहभागीहरु नेपाली नागरिक नै भएकोले विहारबाट आएको भनेर भ्रममा नपर्न कांग्रेस(एमालेलाई आग्रह गरेका छन् । उनले भने, ‘केपी ओलीले टेलिभिजन हेरिराख्नु भएको होला । यहाँका जनसमुदाय यूपी विहारबाट आएका होइनन् । नत कुमाउ र गढवालबाट आएका हुन् ।’ विगतका सहमति पालना नभएसम्म वार्ता नगर्ने भन्दै उनले आन्दोलन निर्विकल्प भएको बताए । कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली २०६२र६३ को जनआन्दोलन र परिवर्तन विरोधी भएकोले हाल देखाएको चरित्रबाट आश्चर्य मान्न नपर्ने त्रिपाठीले धारणा राखे ।

अहिले कांग्रेस(एमाले सहमतिमा आउन नचाहे पनि पछि सहमतिमा आउन बाध्य हुने उनले दाबी गरे । उनले भने, ‘कांग्रेस(एमाले परिवर्तनका विरोधी भएकाले उनीहरुको यात्रा गढ्ढामा जान्छ । पछि उनीहरु चुक चुकाउँदै आइपुग्छन् ।’ कांग्रेस एमालेलाई दुई तिहाईको दम्भ नदेखाउन उनले चेतावनी दिए । उनले भने, ‘उनीहरुले दुई तिहाई बहुमत पाएका होइनन्, सुन्निएका हुन् ।’

आन्दोलन सुरु भइसकेपछि वार्ता नहुने : महतो

सभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन सुरु भइसकेपछि वार्ता नहुने भन्दै वार्ता गर्ने हो भने केही दिनभित्र गर्न सत्तारुढ दलसँगै ३० दलका नेता प्रचण्डलाई आग्रह गरे । महतोले वार्ताको कुरा २र४ दिन भित्र हुने भए गरौं नभए होली पछि उठ्ने आन्दोलनले अधिकार सहितको संविधान लिएर मात्रै विश्राम लिने चेतावनी दिए ।

मधेस प्रदेश दिन्छु भनेका थिए । अहिले मधेस देउ भन्दा यूपी र बिहार देखाउँछन्,ु उनले भने, ुउनीहरु बहुमतको अहंकारमा जनतालाई अपमानित गरेर राष्ट्रघाती काम गर्दैछन् ।ु उनले सेवा केन्द्रको नाममा जनतालाई भिडाउने काम सरकारले गरिरहेको आरोप लगाए ।

शरदसिंह भण्डारीले कांग्रेस(एमालेलाई ३ मुद्दा लाउने 

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले कांग्रेस(एमालेलाई तीनवटा मुद्दा लगाउनुपर्ने धारणा राखेका छन् । राज्यविरुद्धको अपराध, ठगी र अपहरणको मुद्दा लगाउनु पर्ने उनको धारणा छ । उनले कांग्रेस(एमालेको कारण देश विखण्डन तर्फ जान लागेकोले यसको जिम्मेवार पनि उनीहरु नै हुनुपर्ने बताए ।

यस्तै संसदमा दुई तिहाई बहुमतको नाममा संविधानसभालाई अपहरण गरेको उनले आरोप लगाए । उनले सहमतिको बाधक पनि कांग्रेस एमाले नै भएको दाबी गरे । उनले सहमतिको वाधक नबन्न आग्रह पनि गरे । भण्डारीले भने(‘आफैले लगाएको सहमतिको पर्खाल तोड्नुस् र हामीसँग वार्ता गर्नुस् ।’

तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले शान्ति प्रक्रिया, मधेस आन्दोलन, आदिवासी, जनजाति, मुस्लिम लगायतसँग गरिएको सम्झौता कार्यान्वयनका लागि आन्दोलन उत्रिनु परेको बताए । कांग्रेस एमालेको घमण्डले आन्दोलन बाध्यता बनेको उनले जिकिर गरे ।

आमसभाअघि ३० दलले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डले कृष्ण पाउरोटी, एमाओवादी नेता डा। बाबुराम भट्टराईले कालिमाटीबाट जुलुसको नेतृत्व गरेका थिए ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा तीनकुनेबाट आएको जुलुसलाई प्रहरीले बानेश्वरमा राकेपछि झडप भएको थियो ।

बानेश्वरमा यसरी भयो झडप

एमाओवादीसहितको शक्ति प्रदर्शनको एउटा मोर्चा तिनकुनेबाट सुरु भएको थियो । हजारौंको जुलुस तिनकुनेबाट सुरु भएर नयाँ बानेश्वर पुग्यो । नयाँ बानेश्वरमा संविधानसभा भवन अगाडीको राजमार्गलाई निषेधित क्षेत्र तोकेर प्रहरी तैनाथ गरिएको थियो । करिव साढे १२ बजे पुगेको जुलुसले राजमार्गबाट अगाडी बढ्न पाउनु पर्ने अडान लियो । तीनकुनेबाट जुलुसको नेतृत्य एमाओवादी नेता नारायणकाजी श्रेष्ठले गरेका थिए । जुलुसको आकारका कारण संविधानसभा भवन पश्चिमको गल्लीबाट लैजाने सकिने अवस्था पनि थिएन ।

त्यही बेला सभाभवनको अगाडि राजमार्गको बायाँबाट जुलुस लैजाने सहमति भएको कुरा आयो । त्यस क्षेत्रबाट प्रहरी पछि हट्यो । तर, जुलुसको आकारका कारण पनि त्यहाँबाट मात्र लैजान संभव थिएन । राजमार्ग बीचको प्रहरी पनि पछि हटे । जुलुस अघि बढ्यो जुलुसअघि बढेको केही क्षणमै प्रहरीले लाठी चार्ज गरे । प्रदर्शनकारीले पनि झण्डा उनिएको भाटाले प्रतिवाद गरे ।

त्यसपछि प्रहरीको लाठी प्रहर र अश्रुग्याँस प्रहार सुरु भयो । एक दर्जनभन्दा धेरै अश्रुग्याँसका सेल प्रहार गरियो । प्रदर्शनकारी खेद्दै संविधानसभाको पश्चिम गल्लीमा पसेको प्रहरीलाई प्रदर्शनकारीले कुटे । प्रहरीले मिनभवनस्थित सिभिल अस्पतालको छेउसम्म अश्रुग्याँस प्रहर गर्दा बाटो हिड्ने सर्वसाधारणहरु समेत मारमा परे ।

निषेधाज्ञा तोड्न खोज्दा अश्रुग्यास हानेको सरकारको स्पष्टिकरण / बानेश्वर र नागढुंगाबाट २६ सय लाठी बरामद

सरकारले ३० दलीय मोर्चाको जुलुसले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको स्पष्ट पारेको छ । गृहमन्त्रालयले शनिबार विज्ञप्ति निकालेर निषेधित क्षेत्र तोड्न खोजेकोले बल प्रयोग गर्न बाध्य भएको स्पष्ट पारेको हो ।

संविधानसभा भवन रहेको नयाँबानेश्वरदेखि विजुलीबजार क्षेत्रलाई सरकारले सभा, जुलुस, प्रदर्शन लगायतका कुनै पनि गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा घोषणा गरेको छ ।

तर, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको जुलस तिनकुनेबाट अघि बढेपछि नयाँबानेश्वरमा आन्दोलनकारीसँग झडप भएको थियो । झडपमा प्रहरीले २१ सेल अश्रुग्याँस प्रहार गरेको थियो । दुबैतर्फको झडपमा सुरक्षाकर्मीतर्फ १६ जना घाइते भएका छन् ।

‘निषेधित क्षेत्र नतोड्न सुरक्षाकर्मीले पटक पटक सम्झाउँदा उल्टै प्रहरीमाथि नै ढुंगामुढा प्रहार गर्ने काम भएको हुँदा बाध्य भई सुरक्षाकर्मीले २१ सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ,’ गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनकारीसँगको झडपमा प्रहरीतर्फ १६ जना घाइते भएका छन् । नेपाल प्रहरी तर्फ प्रहरी नायव उपरीक्षक सहित ९ जना र सशस्त्र प्रहरीबल तर्फ ७ जना घाइते भएका छन् ।

३० दलीय मोर्चाको तर्फ पनि कम्तिमा १२ जना घाइते भएका छन् । गृहमन्त्रालयले घाइतेहरु सबैको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

२६ सय लाठी बरामद

गृहमन्त्रालयले नयाँबानेश्वर क्षेत्रबाट २ हजार थान र नागढुंगाबाट ६ सय थान लाठी आन्दोलनकारीबाट बरामद भएको जानकारी दिएको छ ।
मोर्चाका नेता कार्यकर्ताको जुलुसलाई स्कर्टिङ गरी खुलामञ्चसम्म पुर्यााइएकोले कुनै अप्रिय घटना नभएको विज्ञप्तिमा उल्लेख छ ।

हामीलाई देखेर सरकार डरायोः महरा

एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले आजको प्रदर्शनबाट सरकार डराएको दाबी गरेका छन् । शान्तिपूर्ण प्रदर्शन गर्दा पनि सरकार आतंकित भएको उनले दाबी गरे ।

काठमाडौंको खुलामञ्चमा शनिबार विहान पत्रकारहरुसँग कुरा गर्दै महराले भने, ‘झण्डामा राखिएका लठ्ठीलाई समेत सरकारले हतियार देख्न थाल्यो, सरकारको यो कमजोरी हो कायरता हो ।’

आफूले प्रहरी प्रमुखलाई नै फोन गरेर शान्तिपूर्ण प्रदर्शन हुने भएकाले अनावश्यक हस्तक्षेप नगर्न भनेको उनले जानकारी दिए । उनले आजको जनसभामा २ लाख भन्दा धेरै जना सहभागी भएर सहमतिमा अघि बढ्न सरकारलाई दबाव दिने बताए ।

नागढुंगा क्षेत्रबाट माओवादीका लाठी बरामद
जनार्दन भन्छन् ( गृहमन्त्रीले झण्डा पनि बोक्न दिएनन्

एमाओवादी नेतृत्वको मोर्चाले जनप्रदर्शन गर्न लागेपछि प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीले नागढुंगा क्षेत्रबाट मोर्चाका कार्यकर्ताहरुले झण्डामा प्रयोग गरेका लठ्ठी समेत बरामद गरेको छ । नागढुंगा क्षेत्रबाट ५ सय भन्दा धेरै लठ्ठी बरामद भएका छन् ।

जाँच गर्ने नाममा मोर्चाका कार्यकर्ताहरुलाई झण्डा समेत बोक्न नदिएको भन्दै एमाओवादी मोर्चाले आपत्ति जनाएको छ । ‘गृहमन्त्रीको ठाडो आदेशमा नियतबस हाम्रा कार्यकर्ताहरुलाई दुःख दिइएको छ,’ एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरले अनलाइनखबरसँग भने, ‘सुरक्षा जाँचका नाममा झण्डासमेत बोक्न दिइएको छैन ।’

उनले शान्तिपूर्णरुपमा सभामा सहभागी हुन नदिने सरकारको शैली खेदपूर्ण भएको बताए । नागढुंगा क्षेत्रमा प्रहरीले कडा जाँच गर्दा सवारी साधनको लामो लाइन लागेको छ । यात्रुहरु घण्टौंसम्म जाममा बस्न बाध्य भएका छन् । काठमाडौं भित्रिने प्रमुख नाकाहरु नागढुंगा, साँगा, फर्पिङ, बालाजु लगायतका क्षेत्रमा प्रहरीले सुरक्षा निगरानी कडा पारेको छ ।

राजधानीको चारैदिशाबाट जुलुस निस्कने र मोर्चाका कार्यकर्ता भित्रिने भएपछि आज राजधानीको आवत(जावत र व्यापार(व्यवसाय प्रभावित हुने देखिएको छ ।

मोर्चाको प्रदर्शन शान्तिपूर्णः मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले तीस दलीय मोर्चाले शनिबार आयोजना गरेको जनशक्ति प्रदर्शनको अनुगमन गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा परिचालित अनुगमन टोलीबाट प्राप्त जानकारी अनुसार शनिबार बिहान साढे ११ बजेसम्मको अवस्था सामान्य रहेको आयोगले जनाएको छ ।
आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोलीले कोटेश्वर, नयाँ बानेश्वर, रत्नपार्क, थापाथलीलगायत क्षेत्रको अनुगमन गरेको थियो । टोलीले महानगरीय प्रहरी आयुक्तको कार्यालयमा पुगेर प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मासँग पनि सुरक्षा अवस्थाबारे जानकारी लिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले हालसम्म स्थिति सामान्य रहेको तथा शान्ति(सुरक्षाको यथेष्ट प्रबन्ध मिलाइएको जानकारी दिएको आयोगले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

यसैगरी, आयोगले प्रदर्शन कार्यक्रममा सहभागी दलका नेतामध्ये वर्षमान पुन र हृदयेश त्रिपाठीसँग फोनवार्ता गरी जानकारी लिएको थियो । पुन र त्रिपाठीले प्रदर्शन शान्तिपूर्ण रूपमा भइरहेको बताएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

Photo : ekantipur.com

कमेन्ट गर्नुहोस्
Share: