एजेन्सी मुम्बई, फागुन १७ / सोनम कपुर स्वाइन फ्लूका कारण अस्पताल भर्ना भएपछि अभिनेता सलमान खानले पनि स्वाइन फ्लूको जाँच गराएका छन। सोनम कपुर र सलमान खान सुरज बच्जात्याको फिल्म ‘प्रेम रतन धन पायो’मा सँगै काम गरिरहेका छन्। एउटै फिल्ममा काम गरेकाले स्वाइन फ्लूको आशंका मेटाउनका लागि सलमानले स्वाइन फ्लूको जाँच गराएका हुन। जाँचले सलमान खानमा स्वाइन फ्लू नरहेको देखाएको छ।
स्वाइन फ्लूका कारण सोनम कपुर हाल अस्पतालमा उपचाररत छिन। सोनमलाई उनको जीम ट्रेनरबाट स्वाइन फ्लूको संक्रमण सरेको आशंका गरिएको छ। त्यसैगरि फिल्म निर्माता विधु विनोद चोपडाकी पत्नी एवम् लेखिका अनुपमा चोपडालाई पनि स्वाइन फ्लू भएको छ। हालै उनका पति विनोद एवम छोरा अग्निलाई पनि स्वाइन फ्लू भएपछि अस्पताल भर्ना गरिएको थियो।
