सौजन्यलाई दोस्रो श्रीमतीको रुपमा भुपेनले घर भित्राएपछि पुर्वप्रधानमन्त्री चन्दको घरमा भाँडभैलो

Share:

१७ फागुन | पैसा र प्रेमले गर्दा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरमा भाँडभैलो मच्चिएको छ । बुढेसकालमा पार्टीभित्र उग्र झगडामा फसेका चन्दका छोरा भूपेन एक हिरोइनसँगको चक्करमा फसेपछि घरमा कलह बढेको छ ।

फिल्म क्षेत्रमा समेत लागेका भूपेनले नायिका सौजन्य सुब्बालाई दोस्री श्रीमतीका रुपमा घरमा भित्राएपछि उनकी पहिली श्रीमती अमृत सिंहको रुवावासी भएको छ । अमृतसँग उनले सम्पत्तिका लागि बिहे गरेका थिए । नेपाली सेनाका पूर्व जर्नेल तोरणबहादुर सिंहकी छोरी अमृतलाई परिवारले टन्न सम्पत्ति दिएको थियो । पहिलो बिहे एक भारतीय व्यापारीसँग गरेकी उनको ती व्यापारीसँग डिभोर्स भएपछि भूपेनसँग दोस्रो बिहे भएको थियो ।

अमृतको नाममा छाउनीमा जग्गा थियो । बिहेपछि सोही जग्गा ५ करोडमा बेचेर भूपेनका लागि गाडि र भैंसेपाटीमा घर किनेकी थिइन् । सोही घरमा दुवै जना बस्दै आएका भूपेन सौजन्यसँग लागेपछि उनीहरुबीच विवाद बढेको थियो । पटक पटक विवादमा तानिएकी सौजन्यसँग बिहे नै गर्ने निर्णयमा भूपेन पुगेपछि उनीहरुबीच डिभोर्सको स्थिति आएको हो । सौजन्य यतिबेला अमेरिकमा छिन् । भूपेनपनि सौजन्यसँग बिहे गरेर बस्ने योजनासहित अमेरिका जाने तयारीमा छन् ।

दोस्रो बिहे पनि असफल भएपछि अमृत भने बिरक्तिएकी छिन् । भैंसेपाटीको घर पनि छाडेर पछिल्लो समय उनी बालुवाटरमा बस्न थालेकी छिन् । भूपेन र अमृतको एक छोरी छिन् । करिब तीन वर्ष लामो विवादपछि उनीहरु छुट्टिएका हुन् । पहिलो श्रीमान सरोजसँग डिभोर्स गरेकी सौजन्य त्यसपछि डनको पृष्ठभुमी बोकेका रोज राणाको प्रेमिका बनेकी थिइन् । राणाले बनाएको फिल्महरुमा पनि उनी खेलिन् । रोजसँग सम्बन्ध बिग्रदै गएपछि सौजन्य भूपेनसँग नजिकिएकी थिइन् । त्यसपछि भूपेन र अमृतबीत विवाद बढ्दै गयो । सो घटनाले भूपेन र रोजबीच पनि झगडा भएको थियो । भूपेनसँग लागेपछि सौजन्यले रोजविरुद्ध ललितपुर प्रहरीमा उजुरी गरेर पक्राउ गराएकी थिइन् । दृष्टि साप्ताहिकले समाचारलाई प्राथमिकता दिएर छापेको छ ।

कमेन्ट गर्नुहोस्
Share: