दक्षिण सुडानको हिंसामा एक सय छैसट्ठी मारिए

143
0
Share:

वितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा एक सय ६६ जनाको ज्यान गएको छ  । संयुक्त राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरूको मृत्यु भएको हो  । दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ  । यस क्रममा गत चार महिनामा मात्र यहाँको हिंसामा परेर कम्तीमा पनि एक सय ६६ जनाले ज्यान गुमाएका संयुक्त राष्ट्रसंघले जनाएको हो  ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगका प्रमुख भोल्कर टर्कले सो कुराको जानकारी दिएका छन्  । यहाँ पछिल्ला केही महिनायता अपर नाइल राज्यमा यस्तो हिंसा भएको छ  ।

गएको चार महिनामा मारिनेहरूमा पनि अधिकांश यही राज्यका नागरिक रहेको बताइएको छ  । उच्च आयुक्त टर्कले सो क्षेत्रबाट हजारौँ नागरिक विस्थापित पनि भएका छन्  ।

 विस्थापित हुनेहरूको अवस्था निकै नै नाजुक रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ  ।  सो क्षेत्रमा पछिल्ला केही समययता जातीय एवं लैंगिक प्रकारको हिंसा धेरै हुने गरेको पनि बताइएको छ  । यस्तो हिंसामा नागरिकको हत्या, अपहरण, लुटपाट तथा उनीहरूका निजी सम्पत्ति ध्वस्त पार्ने गरिएको बताइएको छ  ।

कमेन्ट गर्नुहोस्
Share: