पोखरामा ढाका टोपी -याली

296
0
Share:

पोखरा, १७ फागुन / द आर्ट अफ लिभिङ पोखराले आइतबार पोखरामा ढाकाटोपी ¥याली निकालेको थियो । टोप चिप्लेढुङा विपि चोक बाट शुरु भएको ¥याली न्यरोड हुदै सभागृहमा पुगेर कोणसभामा परिणत भएको हो । पोखरामा परेको बर्षाको समेत प्रवाह नगरी आर्टअफ लिभिङ पोखराका संयोजक सहित टिचर र सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले हाम्रो टोपी हाम्रो शान , नेपालीको राष्ट्रिय पहिचान भन्दै नारा समेत लगाएका थिए ।

आर्ट अफ लिभिङ पोखराका शाखा संयोजक समाजसेवी नरेश भट्टराईले आफुहरुले मार्च १ लाई ढाका टोपी दिवसको रुपमा तिन बर्ष देखि मनाउन शुरु गरेको बताउनु भयो । नेपाल लाई सगरमाथाको देश , गौतम बुद्धको देश र ढाकाटोपी नेपालको पहिचान भएकोले सम्पुर्ण नेपालीले ढाकाटोपी दिबस मनाउनु पर्ने बताउनु भयो । नेपालमा हुदा ढाका टोपीको महत्व नदेखीए पनि विदेश पुग्दा ढाका टोपी लगायएको देख्ने वित्तिकै आफ्नो आफ्न्त भेटीझै लाग्ने र नेपालीहो भन्ने पहिचान सहिजल्लै हुने हुदा ढाका टोपी लगाउन आग्रह गर्नु भयो ।

नेपालीहरुको पहिचान भइसकेको ढाकाटोपी लगाउने सस्कार विस्तारै कम भएकोले सम्पुर्ण युवा बर्गाले ढाकाटोपी लगाउनु पर्नेमा जोड दिनु भयो । उहाँले आफुहरु विदेश जादा पनि ढाका टोपी वितरण गरेर आउने गरेको समेत स्मरण गर्नु भयो । द आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर नेपाल आउदा नेपालीको पहिचान बोके सगरमाथा दिवस , गौतम बुद्ध दिवस मनाएझै ढाका टोपी दिवस मनाउन आग्रह गरेपछि आर्ट अफ लिभिङले नेपालमा मार्च १ लाई ढाका टोपी दिवस मनाउन शुरु गरेको हो । पछिल्लो क्रममा विदेशी लाई सम्मान गर्दा पनि नेपाली विभिन्न संघसस्थाले ढाका टोपीले सम्मान गर्ने क्रम बढेर गएको छ ।

News/Photo: Ghanashyam Pandey

कमेन्ट गर्नुहोस्
Share: