आइएसविरुद्ध ३० हजार सेना एकैपटक रणभूमिमा

261
0
Share:

फाल्गुन १८ किर्कुक / इराकको टिक्रिट सहरमा करिब ३० हजार इराकी बलले जेट र हेलिकप्टरबाट इस्लामिक स्टेट आइएसविरुद्ध जिहादीहरुलाई घेरा हालेर भीषण कारबाही सुरु गरेको छ ।

आइएस लडाकूको बलियो प्रभाव रहेको किर्कुकलगायतका सहर पुनः कब्जाका लागि इराकी सुरक्षाबलले सो कारबाही सुरु गरेको बताइएको छ ।  सुरक्षाबल टिक्रिट, आद्–दावर र अल–आलाम सो घेरा लगाएको सैनिक स्रोतले एएफपी समाचार समितिलाई टेलिफोनमार्फत बताएको जनाइएको छ ।

जिहादीद्वारा कब्जा गरिएका सहरहरु फिर्ता गर्ने यो एक महत्वपूर्ण कारबाही भएको इराकी प्रधानमन्त्री हैदर अल आबादीले बताए । एक सैनिक अधिकारीका अनुसार सो कारबाहीका क्रममा सैनिक, प्रहरी आतङ्कवाद विरुद्धका इकाइ र सरकारको नियन्त्रणमा रहेका स्वयम्सेवीहरुको सहभागिता रहेका जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: