केकीलाई मन पराउँछन् राजेश पायल राई, विवाह गर्ने मुडमा !

Share:

१९ फागुन | यतिबेला ग्लामर वृत्तमा राजेशपायल राईको विवाह अभिनेत्री केकी अधिकारीसँग हुने चर्चा खुब चलेको छ । विवाह गर्ने मुडमा रहेका राजेशपायलले केकीलाई मन पराउने तथ्य पनि सार्वजनिक गरेका छन् । एक अनलाईन पोर्टलसँग कुराकानी गर्दै राजेशले भनेका छन्–‘केकीलाई म मन पराउँछु ।’

केहि दिन अगाडि गायक राजेशपायल राईले शुरु गरेको रेस्टुरेन्ट उद्घाटन गर्न अभिनेत्री केकी अधिकारी डाकिएपछि राजेश र केकीबीच केहि खिचडी पाकेको आँकलन गरिएको थियो । तत्कालिन समयमा राजेशले ठट्टा गर्दैै केकीलाई ‘सँधैलाई रेस्टुरेन्ट बस्ने हो की ?’ भनेका थिए । संचारकर्मीहरुले नायिका केकीलाई नै किन उद्घाटनका लागि बोलाईयो ? भनेर सोध्दा तत्कालिन समयमा राजेशले भनेका थिए, ‘केकीसँग म अहिले नजिक छु, त्यही भएर पनि उनलाई प्रमुख अतिथि बनाएर बोलाएको हुँ’। केकीले पनि ‘हरेक वर्ष राजेशलाई केक खुलाउन पाऊँ’ भन्दै क्याफे उद्घाटनको केक खुलाएकी थिईन् ।

राजेशले कुराकानीकै क्रममा भनेका छन्–‘म केकीलाई मन पराउँछु । तर, त्यसको अर्थ बिह नै हो भन्ने होईन । मन पराउनु राम्रो कुरा हो। उनी राम्री नायिका हुन्। राम्रो अभिनय गर्छिन्। तर बिहे नै गर्छु भन्ने निर्णय चाँहि होइन।’

यद्यपी विवाह गर्न चाँहि उनी आतुर छन् । भन्छन्–‘‘यो वर्ष घर किनेँ। गाडी किनेँ। अब मलाई केही चाहिएन। मात्र एउटी श्रीमतीको खाँचो छ। म जीवनलाई अझ व्यवस्थित बनाउन चाहन्छु। बिहे गर्ने मुडमा छु ।’

कमेन्ट गर्नुहोस्
Share: