प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

Share:

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।

पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

यसैगरी पोखरा महानगरपालिकाले ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ ।

विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको हो । पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सवका रुपमा लिन आव्हान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: