गृहमन्त्री गौतमले घाईतेहरु भेटे

296
0
Share:

रञ्जन अधिकारी पोखरा, २२ फागुन / उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले अस्पताल पुगी दुर्घटनामा घाईतेहरुको अबस्था बुझेका छन् । मणिपाल शिक्षण अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत घाईतेहरुको अवस्था र दुर्घटनाबारे जानकारी लिएका हुन् ।

उनले घाईतेका आफन्तसँग कुरा गरेर काठमाण्डौंबाट हेलिकप्टर पठाउन ठाडो निर्देशन नै दिए । गम्भीर घाईते सराङकोट गैह्राघरका ५८ वर्षीय शेरबहादुर थापालाई थप उपचारका लागि बि एण्ड बी हस्पिटल लैजानुपर्ने डाक्टरको सुझावपछि उनले तुरुन्त हेलिकोप्टर पठाउन मातहतका अधिकारीलाई निर्देशन दिएका हुन् ।

उनले घाईतेहरुको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन् । उनले दुर्घटना बारे छानबिन गरी दोषी माथि कारबाही गरिने पनि बताए ।

 

कमेन्ट गर्नुहोस्
Share: