प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट : एकअर्कालाई दिए बधाई

Share:

कास्की :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए । अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: