गण्डकी : मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

Share:

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेशको ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ।

उनलाई अधिकारीलाई एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी ३१ जना सांसदहरूले विश्वासको मत दिएका हुन्। शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: