फिफा बरियतामा भारत दुई स्थान तल झर्दा नेपाल यथास्थानमा

261
0
Share:

काठमाडौं, फागुन २८ / विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको फिफा र्‍याङ्किङमा भारत दुई स्थान तल झर्दा नेपाल यथास्थानमा रहेको छ। फिफाले मार्च महिनाको लागि सार्वजनिक गरेको तालिकामा नेपाल १८० औं स्थानमा यथावत रहेको हो। यस्तै दक्षिण एसियाली टोलीहरूमा माल्दिभ्स सबैभन्दा माथि १३३ औं स्थानमा रहेको छ। यस्तै अफगानिस्तान १३७ औं स्थानमा रहेको छ।

यता बंगलादेश १६२औ स्थानमा रहँदा एक स्थान माथि उक्लदै पाकिस्तान १७० औ स्थानमा पुगेको छ। दुई स्थान तल झरेको भारत १७३औ स्थानमा रहँदा एक स्थान तल झरेको श्रीलंका १७४औ स्थानमा छ। यस्तै नेपालभन्दा पछि रहेको भुटान २०९औ स्थानमा छ।

विश्व च्याम्पियन जर्मनी पहिलो तथा अर्जेन्टीना, कोलम्बिया, बेल्जियम, नेदरल्याण्ड, ब्राजिल, पोर्चुगल, फ्रान्स र उरूग्वे क्रमश २देखि नवौ स्थानमा यथावत छन्। दसौ स्थानमा दुई स्थान माथि उक्लदै इटाली आइपुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: