लेखनाथमा स्कुल बस दुर्घटना, ३२ घाईते (घाईतेको नाम, वतन र उमेर सहित)

305
0
Share:

रञ्जन अधिकारी पोखरा २९ फागुन / कास्कीको लेखनाथ नगरपालिकाको खुदीमा विद्यार्र्थी बोकेको बस दुर्घटना हुँदा त्यसमा सवार ३२ जना घाईते भएका छन् । दुई शिक्षिका सहित ३० विद्यार्थी घाईते भएका हुन् । लेखनाथ ८ शिशुवा स्थित न्यू लेखनाथ पब्लिक एकेडेमीको ना ३ ख ६६४७ नम्वरको बस विद्यालय छुट्टी भएपछि विद्यार्थीलाई घरघरमा छाड्ने क्रममा लेखनाथ १२ खुदीमा सडक छेउ नहरमा पल्टिएको हो ।

घाईतेहरु मध्ये १७ जना लेखनाथ सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् भने बाँकी घाईतेहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता केदार रजौरेले जानकारी दिए । शिक्षिका होमकुमारी सुवेदी सहित ९ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा, अर्की शिक्षिका सुस्मिता नेपाली सहित पाँच जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको छ भने एक जनाको मेट्रो सिटीमा उपचार भईरहेको छ ।

सडकको दाहिने साईड नहरमा उत्तानो परेको बसलाई क्रेनको सहायताले उठाईएको डाँडाको नाक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटनापछि बसचालक लमजुङ गिलुङ ५ घर भई लेखनाथ ११ बस्दै आएका २८ वर्षीय पञ्च गुरुङ प्रहरी नियन्त्रणमा छन् ।

10403500_976487819035538_2154019417522249838_n

लेखनाथ सामुदायिक अस्पतालमा उपचार भई डिस्चार्ज भई गएका :-
१, जि.कास्की लेखनाथ-११ एकान्तकुना बस्ने बर्ष-९ कि अस्मिता लामा,
२, ऐ.ऐ.बस्ने बर्ष-७ कि सरु सुनार ,
३, ऐ.ऐ.बस्ने बर्ष-९ कि कृपा तामाङ ,
४, ऐ.ऐ.बस्ने बर्ष-९ कि कृतिका पौडेल ,
५, ऐ.ऐ.बस्ने बर्ष-७ को सक्षम पौडेल,
६, ऐ.ऐ.बस्ने बर्ष-बर्ष-५ को सुमन गुरुङ,
७, ऐ.ऐ.बस्ने बर्ष-५ को अभिषेक सुनार,
८, ऐ.ऐ.बस्ने बर्ष-१३ को संदेश नेपाली,
९, ऐ.ऐ.बस्ने बर्ष-६ को निकेश सुनार,
१०, ऐ.ऐ.बस्ने बर्ष-८ को आशिष न्यौपाने,
११, ऐ.ऐ.बस्ने बर्ष-९ को अमिस सापकोटा,
१२, ऐ.ऐ.बस्ने बर्ष-८ को आदर्श न्यौपाने,
१३, ऐ.ऐ.बस्ने बर्ष-११ को सुमन थापा,
१४, ऐ.ऐ.बस्ने बर्ष-११ को सुदिप भुजेल,
१५, ऐ.ऐ.बस्ने बर्ष-५ को निरज वि.क.,
१६, ऐ.ऐ.बस्ने बर्ष-५ कि अञ्जली आचार्य ,
१७, ऐ.ऐ.-१० बस्ने बर्ष-६ को सुरज न्यौपाने ,

पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेका :-
१, जि.कास्की लेखनाथ-११ बस्ने बर्ष-२७ कि होमकुमारी सुवेदी (शिक्षिका),
२, ऐ.ऐ.-१२ बस्ने बर्ष-१६ कि रजनी राना मगर,
३, ऐ.ऐ.-१ बस्ने बर्ष-११ को दिपेश सुनार,
४, ऐ.ऐ.बस्ने बर्ष-८ को भुपेश सुनार,
५, ऐ.ऐ.बस्ने बर्ष-७ कि सचु लामा,
६, ऐ.ऐ. बस्ने बर्ष-९ कि दिलिशा सुनार,
७, ऐ.ऐ.बस्ने बर्ष-११ कि आयुषा अधिकारी,
८, ऐ.ऐ.बस्ने बर्ष-१२ को अभिषेक सापकोटा,
९, ऐ.ऐ.बस्ने बर्ष-११ को आयुष नेपाली,

मणिपाल अस्पतालमा उपचार भईरहेका :-
१, जि.कास्की लेखनाथ-११ बस्ने बर्ष-१२ कि रश्मीता राना मगर,
२,ऐ.ऐ.-१ बस्ने बर्ष-१० कि सल्लु सुनार,
३, ऐ.ऐ. बर्ष-१० को समिर नेपाली,
४, ऐ.ऐ.बस्ने बर्ष-९ को विजय दाहाल,
५, ऐ.ऐ.बस्ने बर्ष-२६ कि सुस्मिता नेपाली ( शिक्षिका ),

मेट्रोसिटीमा उपचार भईरहेकी
१) जि.कास्की ले.न.पा.वडा नं.१ बस्ने बर्ष-१३ कि कृति तामाङ,

स्रोतः जिल्ला प्रहरी कार्यालय, कास्की, फोटोः फेसबुक

कमेन्ट गर्नुहोस्
Share: