श्रीमतीलाई छतबाट खसालेर मार्ने सुनार पक्राउ

363
0
Share:

रञ्जन अधिकारी पोखरा, ३० फागुन / श्रीमतीलाई घरको छतबाट खसालेर मार्ने युवकलाई प्रहरीले पक्रेको छ । कास्कीको रुपाकोट गाविस वडा नं. १ घर भई पोखरा उपमहानगरपालिका वडा नं. ४ पराजुलीमार्गमा बस्दै आएका सोमबहादुर सुनारले शनिबार बिहानै एक बजे मध्यरात समयमा छतबाट खसालिदिएको र श्रीमती लक्ष्मी अधिकारीको अस्पताल लैजाने क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दए ।

३२ वर्षीय सुनारले ४२ वर्षीया लक्ष्मीसँग अन्तरजातिय विवाह गरेका हुन् । उनले आपसी मनमुटाव भई आफू बस्दै आएको घरको तीन तलामाथि छतको डिलबाट धकेलेको प्रहरी समक्ष स्वीकार गरेका थिए । ३५ फिट माथिबाट पिच सडकमा बजारिएर गम्भीर घाईते लक्ष्मीको अस्पताल नपु¥याउँदै ज्यान गएको हो । अभियुक्त सुनार विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: