
पोखरा ३ चैत्र । राजधानी बाहिर पहिलोपटक पोखरामा टेष्टट्युब बेबी सेवा सुरु भएको छ । पोखराको प्रस्र्याङस्थित सहारा इण्टरनेश्नल फर्टिलिटी सेण्टरद्धारा संचालन हुन लागेको सो सेवाको मंगलबार काँग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
भारतको नयाँदिल्लीस्थित इन्टरनेश्नल फर्टिलिटी सेण्टरको प्राविधिक र विशेषज्ञता सहयोगमा सेवा सञ्चालनमा ल्याईएको सहारा हस्पिटलका अध्यक्ष डा. गिरधारी शर्माले जानकारी दिए । पोखरा बाग्लुङ बसपार्कमा रहेको सहारा हस्पिटल प्रा.लि. अन्तर्गत रहेको सेण्टरबाट पश्चिमाञ्चल क्षेत्रका निःसन्तान दम्पत्तीलाई फाइदा लिन सक्ने उनले बताए । सेण्टर संचालनका लागि प्राविधिक र व्यवस्थापन गरी करिब २ करोडको लागत खर्च भएको बताइएको छ ।
यो प्रविधि महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई बाहिरै टेष्टट्युवमा सेचन गरी ४८ घण्टापछि महिलाको पाठेघरभित्र राख्ने अत्याधुनिक प्रविधि भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजेश अधिकारीले जानकारी दिए । यो प्रविधिबाट ४० प्रतिशत माथि सफलता प्राप्त गर्न सकिने बताईएको छ ।
Sahara fartility center (4)भारतको नयाँदिल्लीस्थित इन्टरनेश्नल फर्टिलिटी सेण्टरकी अध्यक्ष डा. रिता बंशीले नेपालमा काठमाण्डौको प्रसुती गृहबाट सुरु भएको टेष्टट्युब बेबी सेवा पोखरामा बिस्तार भएको र निकट भबिश्यमै नेपालगञ्जमा पनि सुरु गर्ने जानकारी दिईन् । नेपालीहरु सन्तानको लागि भारतसम्म पृुग्ने गरेकोमा आब आफ्नै ठाउमा सेवा पाउने उनले बताईन् । यो प्रबिधि सफल रहेको कसैलेपनि सन्तान नभएकोमा चिन्ता गर्नु नपर्ने बंशीको सुझाब छ ।
सेण्टरका अध्यक्ष शर्माले सन्तालको लागि थुप्रै समय र पैसा खर्च गर्नुपरेको अबस्थामा पोखरामै सेवा बिस्तार भएपछि बर्षौदेखि बिचलित दम्पत्तीलाई सहज हुने बताए । उपयुक्त ठाउमा उपचार र परामर्शको अभाब भैरहेकोमा अब अन्यत्र भन्दा सर्बसुलभ र प्रभाबकारी सेवा दिने उनले प्रतिबद्धता जनाए ।
नेपाल मेडिकल एसोसिएसन गण्डकीका अध्यक्ष लुमेश्वर आचार्यले पोखरामा सुरु भएको यो प्रबिधिको सिप आदान प्रदान गरी अन्य अस्पतालमा पनि बिस्तार गर्न सकिने बताए । सबै अस्पतालमा यो सेवा बिस्तार गर्न सके कोहिपनि निःसन्तान बस्न नपर्ने उनले बताएका छन् ।
कार्यक्रममा बोल्ने बक्ताहरुले फर्टिलिटी सेण्टरको सेवा प्रभाबकारी बनाउदै निरन्तरता दिन सुझाब दिएका थिए । चिकित्सकका अनुसार विश्वको तथ्यांक हेर्दा १० प्रतिशत दम्पत्तीमा बाँझोपनको समस्या रहेको पाइन्छ ।
