जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

134
0
Share:

कास्की : मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खसेको छ । 

मुस्ताङको थासाङ–३ धम्पुमा बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा  १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख (डिएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्
Share: