रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

163
0
Share:

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।

मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: